• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

पाँचौँपटक मिति सार्दापनि महाधिवेशन हुनेमा शंकैशंका : नेता प्रकाशमान सिँह


पाँचौँपटक मिति सार्दापनि महाधिवेशन हुनेमा शंकैशंका : नेता प्रकाशमान सिँह

कात्तिक १५, २०७८

 

नेपाली काँग्रेसले मंसिरमा महाधिवेशन गरिसक्ने अन्तिम मिति तय गर्दापनि कार्यकर्तालाई त के नेतालाई पनि महाधिवेशन होला भन्नेमा आशंका रहेको पाईन्छ ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले अझैपनि मंसिरमै महाधिवेशन सकिएला भन्नेमा एकीन गर्न नसकिने बताएका छन् । चितवनको नारायणगढमा जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको दसैँ तिहार छठ लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा सिँहले सो आशंका व्यक्त गरेका हुन् ।

उनले नेतृत्व सक्षम नहुँदा काँग्रेसको परिस्थिती नराम्रोसँग तल झरेको बताए । उनले भने,“पार्टीमा ए काँग्रेस, बी काँग्रेस, सी काँग्रेस भन्दै गुट छ । गुट भन्दा माथि उठ्न नसक्दा सधैँ कमजोर भइरहेकोछ ।”
जुन गुटले काँग्रेसलाई धरासायी अवस्थामा पुर्याइसकेको छ । यसका लागि काँग्रेस पार्टीलाई केन्द्रविन्दुमा रोखर सम्पूर्ण कार्यकर्ताहरुले एक रुपताका साथ काम गर्नुपर्ने बेला आएको उनको भनाई थियो ।

पार्टीको महाधिवेशन समयमै गर्न नसकेर १३ औँ महाधिवेशनबाट आएको नेतृत्वले आफ्नो कमजोरी देखाइसकेको भन्दै अव नेता कार्यकर्ता गुट भन्दा माथि उठेर पार्टी एक ढिक्का पार्न उनले आह्वान गरे।

काँग्रेसको विधानमा महाधिवेशन भएको दुई महिनाभित्र सम्पूर्ण समिति तथा उपसमितिहरुले पूर्णता पाउनुपर्ने कानूनी प्रावधान रहेतापनि १३ औँ महाधिवेशनबाट बनेको समितिले तोकिएको समयमा त के चार वर्षसम्म पनि पूर्णता दिन सकेको छैन । यसैवाट पनि काँग्रेसमा गुट उपगुट हावी भएको भनेर बुझ्न सकिने उनको भनाई थियो ।

संस्थापक नेताहरुले कल्पना गरेको काँग्रेस पार्टीलाई सोही स्थानमा पुर्याउन सम्पूर्ण नेता कार्यकर्तालाई सिँहले अपील गरे ।

  • प्रकाशित मिति : कात्तिक १५, २०७८, सोमवार १३:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८