• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

आउने भए प्रशिक्षक अल्मुताइरी


आउने भए प्रशिक्षक अल्मुताइरी

कार्तिक १०, २०७८ । विवादै विवादका वीच अन्तत नेपाली फुटवलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्कन सहमत भएका छन् ।

उनी थप तीन वर्षे सम्झौता गर्न सहमत भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।

‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौं,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली फुटबललाई अर्को स्तरमा पुर्‍याउने मेरो बाचा छ, तर हामीलाई समय दिनुस् ।’
नेपाली मिडियाबाट धेरै आलोचना भएर उनले नेपालनै नफर्कने प्रतिक्रिया दिँदै आएका थिए ।

सामाजिक संजालमार्फत उनले त्यस्ता अभिव्यक्ति दिएपनि नेपाली र नेपाली खेलाडी सधैँ मनमुटुमा हुने बताउदै आएका थिए ।

पछिल्लो समय नेपाललाई साफ च्याम्पियनसीपको फाइनलमा पुर्याएका थिए । यस कारण पनि धेरै नेपालीले उनी नेपाल फर्कीदिए हुन्थ्यो भन्ने चाहाना राखेका थिए ।

  • प्रकाशित मिति : कात्तिक १०, २०७८, बुधवार १०:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८