• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

कलकत्ता फाइनलमा

  • खबरदाता

कलकत्ता फाइनलमा

असोज २८,२०७८

नाटकीय खेलमा दिल्ली क्यापिटललाई तीन विकेटले हराउँदै कलकत्ता नाइटराइडर्स यस सिजनको आइपिएलको फाइनलमा प्रवेश गरेको छ । १३६ रनको लक्ष्य पछ्याएको कलकत्ताले एक बल बाँकी रहँदा सात विकेटको क्षतीमा पुरा गरेको हो ।

नाटकीय खेलको १५ औ ओभरको समाप्तिमा कलकत्तालाई जितका लागि २३ रन आवश्यक थियो भने नौ विकेट हातमा थियो । यस पछिको ओभरमा कलकत्ताका नितिस राना आउट भए पनि २४ बलमा १३ रन आवश्यक थियो ।

१७ औं ओभरका अभेस खानले सुभमन गीललाई ४६ बलमा आउट गर्दै दुई रन मात्र दिए । तीन ओभर बाँकी रहँदा पनि कलकत्ताको सात विकेट बाँकी थियो भने ११ रन आवश्यक थियो ।

१८ औं ओभरमा कासिगो रवाडाले एक रन मात्र दिएर दिनेश कात्तिकलाई आउट गरे पछि अन्तिम दुई ओभरमा १० रन आवश्यक थियो । १९ औं ओभरमा नोर्तजेले इयान मोर्गानलाई आउट गरे भने तीन रन मात्र खर्चिए ।

अन्तिम ओभरमा सात रन चाहिएको समयमा रविचन्द्र आश्विनको पहिलो बलमा राहुल त्रिपाठीले एक रन लिए भने दोस्रो बलमा सकिबल हसनले कुनै रन जोड्न सकेनन् ।

तेस्रो बलमा सकिबल र चौथो बलमा सुनिल नारायण आउट भए पछि कलकत्तालाई दुई बलमा ६ रन आवश्यक थियो । ओभरको पाँचौँ बलमा त्रिपाठीले छक्का प्रहार गरे पछि कलकत्ताले जित हात पारेको हो ।
कलकत्ताका प्रारम्भिक ब्याट्सम्यान बैकटेस ऐयार र सुभमन गीलले सानदार ब्याटिङ गरे । गीलले ४६ बलको सामना गर्दै ४६ रन जोडे भने ऐयारले ४१ बलमा ५५ रन जोडे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पाँच विकेटको क्षतीमा १३५ रन जोडेको थियो । दिल्लीका शिखर धवनले ३६ तथा श्रेयार ऐयारले ३० रन जोडे । बैकटेस ऐयार सो खेलका म्यान अफ द म्याच घोषित भए ।

  • प्रकाशित मिति : असोज २८, २०७८, बिहीवार ००:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८