असोज २७,२०७८
नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
बमाल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा बंगलादेलाइ १(१ को बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो।
पहिलो हाफमा १ गोल खाएको नेपालले दोस्रो हाफक ८८ औं मिनेटमा अन्जन बिष्टले १ गोल गर्दै बराबरिमा रोकेका थिए।
बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको माल्दिभ्सको ६ अंक र तेस्रो स्थानमा भारतको ५ अंक छ। अहिले राति ९स्४५ बजे भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ।
फाइनलमा पुग्न माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जीत चाहिन्छ। यो खेलको नतिजापछि नेपालले फाइनलमा भिड्ने टिमको टुंगो लाग्नेछ।
फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८स्४५ मा हुनेछ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८