• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

सुनिल नारायणको उत्कृष्ट प्रदर्शनमा कलकत्ताको जित

  • खबरदाता

सुनिल नारायणको उत्कृष्ट प्रदर्शनमा कलकत्ताको जित

असोज २६,२०७८

सुनिल नारायणको अलराउण्ड प्रदर्शनको सहयोगमा कलकत्ता नाइटराइडर्स आइपिएलको क्वालीफायरमा प्रवेश गरेको छ । सार जहाँमा भएको इलीमीनटेर खेलमा कलकत्ताले रोयल च्यालेन्जर बंगलोरलाई ४ विकेटले हराएको हो । १३९ रनको झीनो लक्ष्य पार गर्न सङ्घर्ष गरी रहेको कलकत्ताका लागि नारायणले १५ बलमा २६ रन प्रहार गरेका थिए । उनले डानीयल क्रिस्चीयनको एकै ओभरमा तीन छक्का प्रहार गरेका थिए ।

नारायणको अलावा सुभमन गीलले १८ बलमा २९ रन जोडे । मोहम्मद सिराज,युजेभन्द्र चावल र हर्सल पटेलका हरेक बलमा रन जोड्न कलकत्ताका ब्याट्सम्यानले सङ्घर्ष गरेका थिए । यी तीनले १२ ओभरमा बलिङ गर्दा चावलले १६ तथा सिराज र हर्सल पटेलले बराबर १९ रन खर्चेका थिए ।
क्रिस्चीयन सहित ग्लेन म्याक्सवेल र जर्ज गाटर्न माथि कलकत्ताका ब्याट्सम्यान आक्रामक रहेका थिए।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलोर उत्कृष्ट सुरुवातका बाबजुद ७ विकेट गुमाउँदै १३८ रन मात्र जोड्न सफल भएको थियो । देवीदत्त पाणीकल र विराट कोहलीले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए ।

फर्गुसनले पाणीकललाई आउट गरे पछि बंगलोलरको नियमित समयमा विकेट गुम्न थालेको हो । टोलीको योगफल ६९ रहँदा नारायणले श्रीकर भरतलाई आउट गरे भने ८८ रन हुँदा विराट पनि ३९ रनमा बोल्ड भए । ११ रन बनाए पछि एबी डी भिलियर्स नारायणकै बलमा बोल्ड भए भने म्याक्सवेल पनि १८ बलमा १५ रन बनाउँदै आउट भए ।

नारायणको चार विकेट लिने क्रममा ४ ओभरमा २१ रन खर्चेका थिए । उनी स्वाभाविक रूपमा म्यान अफ द म्याच घोषित भए । यस बिचमा अन्य दुई स्पिनरले पनि कसिलो बलिङ गरे । सकिबल हसनले ४ ओभरमा २४ तथा वरुण चक्रवर्तीले चार ओभरमा २० रन खर्चे । बुधवार दिल्ली र कलकत्ताको दोस्रो क्वालीफायर खेल हुने छ । यी दुईको विजेताले १५ अक्टोबरमा चेन्नाइ सुपर किङ्ससंग उपाधिका लागि खेल्ने छन् ।

  • प्रकाशित मिति : असोज २६, २०७८, मंगलवार ०१:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८