• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चेन्नाइ आइपिएल फाइनलमा

  • खबरदाता

चेन्नाइ आइपिएल फाइनलमा

असोज २५,२०७८

चेन्नाइ सुपर किङ्स यस सिजनको आइपिएलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो क्वालीफायरमा चेन्नाइले दिल्ली क्यापिटललाई ४ विकेटले हरायो । दिल्लीले छाडेको १७३ रनको लक्ष्य चेन्नाइले दुई बल बाँकी रहँदा ६ विकेटको क्षतीमा पुरा गरेको हो ।

चेन्नाइका प्रारम्भिक ब्याट्सम्यान रुतुराज गाइक्वाडले ७० तथा रोबीन उथ्थपाले ६३ रन जोडे । ५० बलको सामना गरेका गाइक्वाडले पाँ चौका र दुई छक्का प्रहार गरे । उनी म्यान अफ द म्याच समेत घोषित भए । चेन्नाइका कप्तान महेन्द्र सिंह धोनी अविजित रहँदै ६ बलमा १८ रन प्रहार गरे । दिल्लीका टक कुरानले ३।४ ओभरमा २९ रन खर्चिँदै तीन विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतीमा १७२ रनको योगफल खडा गरेको थियो । दिल्लीका ऋषभ पन्तले अविजित रहँदै ३५ बलमा ५१ रन प्रहार गरे । यसै गरी सिम्रोन हटमायरले २४ बलमा ३७ तथा पृथ्वी सले ३४ बलमा ६० रन जोडे ।

दिल्लीले सनराइजर्स हैदरावाद र कलकत्ता नाइटराइडर्स बिचको विजेतासँग खेल्ने छ ।

  • प्रकाशित मिति : असोज २५, २०७८, सोमवार ०२:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८