• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

दिल्लीसँग चेन्नाइको हार

  • खवरदाता

दिल्लीसँग चेन्नाइको हार

आश्विन–१९, २०७८

आइपिएलको सोमबार भएको खेलमा दिल्ली क्यापिटलले चेन्नाइ सुपर किङ्सलाई तीन विकेटले हराएको छ । १३७ रनको लक्ष्य पछ्याएको दिल्लीले सात विकेटको क्षतीमा दुई बल बाँकी रहँदा १३९ रन बनाएको हो । दिल्लीका लागि सिम्रोन हटमायरले १८ बलमा २८ रन जोडे । शिखर धवनले ३९ रन जोडे पनि उनले ३५ बलको सामना गरेका थिए । चेन्नाइका सुर्दुल ठाकुरले ४ ओभरमा १३ रन खर्चिँदै दुई विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले पाँच विकेटको क्षतीमा १३६ रनको योगफल खडा गरेको थियो ।चेन्नाइका लागि अम्बात्ती रायडुले ५५ रन जोडे । दिल्लीका अक्षर पटेलले ४ ओभरमा १८ रन खर्चेर दुई विकेट लिए । उनी खेलका म्यान अफ द म्याच घोषित भए । जित सहित दिल्लीका शीर्ष दुईमा रहने निश्चित रहेको छ । दिल्लीको १३ खेलमा २० अङ्क छ ।

  • प्रकाशित मिति : असोज १९, २०७८, मंगलवार ०३:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८