• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024

श्रीलङ्कासँग नेपालको जित

  • खबरदाता

श्रीलङ्कासँग नेपालको जित

असोज १९,२०७८

नेपालले साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणको खेलमा श्रीलङ्कालाई ३–२ ले हराएको छ । ३० औ मिनेटमा सुमन लामाको गोलमा अग्रता लिएको नेपालका लागि दोस्रो हाफमा अञ्जन विष्टले गोल गरे । पहिलो गोलका लागि नवयुग श्रेष्ठले सुमनलाई साथ दिएका थिए । आयुष घलानको पासमा तेज तामाङको प्रहार श्रीलङ्काका गोल रक्षकले रोक पछि अञ्जनले रिबाउन्डमा गोल गरेका हुने ।

श्रीलङ्काका लागि मार्भिन हेमील्टनले गोल गरे । आयुषले खेल सकिन चार मिनेट बाँकी रहँदा गोल गरे भने इन्जुरीमा समयमा गौतम श्रेष्ठले ह्यान्ड गरे पछि श्रीलङ्काले पेनाल्टीमा गोल गरेका थियो । पहिलो खेलमा माल्दीभ्सलाई हराएको नेपाल समूहमा पहिलो भएको छ ।

  • प्रकाशित मिति : असोज १९, २०७८, मंगलवार ०१:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८