• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

काठमाडौंमा मेला, महोत्सव ,सभाजुलुस गर्न रोक

  • खबरदाता

काठमाडौंमा मेला, महोत्सव ,सभाजुलुस गर्न रोक

असोज १४,२०७८

 

जिल्ला प्रसाशन कार्यालय काठमाडौंले मेला, महोत्सव तथा सभा जुलुस गर्नलाइ रोक लगाएको छ।

आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालदले जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव तथा भोज आदि गर्न नपाउने भनिएको छ।

नजिकिदै गरेको चाडबाडको समयमा बढी भिडभाड र जोखिम युक्त क्षेत्रहरुको यात्रा गर्दा सम्बन्धित निकायबाट मात्र टिकट काटि सुरक्षित यात्रा गर्न समेत भनिएको छ।

अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो। कोभिड- १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ।

  • प्रकाशित मिति : असोज १४, २०७८, बिहीवार ०७:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८