• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

बुद्धएयरका पाइलट शेर्पाले उडान भर्न पाएनन

  • खबरदाता

बुद्धएयरका पाइलट शेर्पाले उडान भर्न पाएनन

असोज १४,२०७८

बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाइ उडा भर्न रोक लगाइएको छ।

नागरिक उड्‍डयन प्राधिकरणले शेर्पालाई उडान भर्न रोक लगाएको हो । छानविन सिमितको प्रतिवेदन नाआएसम्मका लागि विमान चलाउन रोक लगाइएको बुद्धएयरले जनाएको छ।

घटनाको छानविन भइरहेको र प्रतिबेदन नआउँदा तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले भनेको छ,’ घटनाको छानविन सिमितले प्रतिवेदन नबुझाइन्जेलका लागि पाइलट शेर्पालाई उडान नर्भन भनिएको हो। यो नियमित पक्रिया हो।’

गत सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्धएयरको विमान त्यहाँ अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित ,नर्मलु अवतरण गरिएको थियो। सो विमान पाइलट आङ्गेलु शेर्पाले चलाएका थिए।

विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएको र टावरले पनि गियर नझरेको जानकारी दिएपछि चालकले जहाज काठमाडौं फर्काइएको थियो।

बुद्धएयरको नाइन एन(एएनआइ कल साइन भएको जहाजमा ६८ वयस्क, २ बच्चा, ३ जना इन्फ्याण्ट गरी ७३ यात्रु रहेका थिए। सोमबार बिहान ८स्३० बजे बुद्ध एयरको विमान काठमाडौंबाट विराटनगरका लागि उडेको थियो। विराटनगर एयरपोर्टमा ल्यान्डिङका क्रममा जहाजको गियरमा समस्या आएपछि पुनः काठमाडौं फर्काइएको थियो। सो विमानमा ७३ यात्रु सवारी थिए।

  • प्रकाशित मिति : असोज १४, २०७८, बिहीवार ०६:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८