असोज १२,२०७८
चितवनका एक कानुन ब्यब्सायीलाई ठगीको आरोप लागेको छ।
ठगी आरोपित वकिल जिल्लाको कालिका नगरपालिका वडा नं. ५ पदमपुर घर भएका बर्ष ५० का रामचन्द्र देबकोटा रहेको प्रहरीले जनाएको छ।
देबकोटाले आफैले नागरिकताको विषयमा जाहेरी दरखास्त लेखि दिई जाहेरीमा प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिसंग फोन सम्पर्क गरी तपाईको नाममा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दरखास्त परेको छ, उक्त जाहेरी दरखास्त दर्ता नगराई मुद्दा मिलाई दिन्छु भनि रकम माग गरेको आरोप प्रहरीको छ।
काननु व्यवसायी देबकोटालाई आसोज १० गते नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८