असोज ९,२०७८
चितवनको नारायणगडबाट काठमाडौका लागि छुटेको माइक्रोमा सवार दुइ जनाबाट ९५ लाख नेपाली रुपैयाँ बरामद भएको छ।
काठमाडौंको नागढुंगाबाट प्रहरीले ९५ लाख नेपाली रुपैयाँ बरामद गरेको हो ।
चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाको चेक प्वाइन्टबाट प्रहरीले भारतिय दुइ नागरिकलाइ सो नगद सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भएका सागर माली र कृष्ण अढाडे छन् ।
भारतको मुम्बई घर भएका उनीहरु ग १ ख ६६४५ नम्बरको हाइस माइक्रोमा चितवनबाट काठमाडौं जादै थिए । यात्रुबाहक माइक्रोको ८ र ९ नम्बर सिटमा बसेका उनीहरुको झोला चेकजाँच गर्दा सो नगद फेला परेको थियो ।
सो रकम अवैध हुन्डी कारोबारको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । पैसा ल्याउनेहरूले स्रोत खुलाउन नसकेका कारण प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रहरीले २६ वर्षीय मालिको साथबाट ४५ लाख र कृष्ण अढाडेको साथबाट ५० लाख बरामद गरेको दाबि गरेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८