आज ९.७६ प्रतिशतमा संक्रमण।
असोज ५,२०७८
चितवन । पछिल्लो एकै दिनमा १८३९ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ७ लाख ५४ हजार रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप १३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै पिसिआर प्रबिधिबाट ७ लाख ८६ हजार ५७७ र एन्टिजेन प्रबिधिबाट ८९ हजार ३८२ जना संक्रमीत पुगेका छन।
देश भर ९६२६ को पिसिआर परिक्षण गर्दा १०३६ र ३९९६ जनाको एन्टिजेन परिक्षण गर्दा २९४ जनामा संक्रमण पुष्टि भएको हो । आज चितवनमा ५२ संक्रमित निको भए।
आज थप ५ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५३ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८