• कात्तिक ८, २०८३, आइतवार Sunday, 25 October, 2026

कस्तो रहनेछ आज दिनभरको मौसम ?

  • खबरदाता

कस्तो रहनेछ आज दिनभरको मौसम ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार आज (आइतबार) दिउँसो देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागको मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशका हिमाली भू(भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

आइतबार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सुरकुहिरो लाग्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

  • प्रकाशित मिति : कात्तिक ८, २०८३, आइतवार ०६:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८