• कात्तिक ८, २०८३, आइतवार Sunday, 25 October, 2026

चितवनका ४६ जनामा संक्रमण, ६५ निको भए

  • खबरदाता

चितवनका ४६ जनामा संक्रमण, ६५ निको भए

परिक्षण मध्ये ९.१४ प्रतिशतमा संक्रमण

असोज १,२०७८

चितवन । आज चितवनमा ४५० जनाको पिसिआर परिक्षण गर्दा ३४ र ५३ को एन्टिजेन परिक्षण गर्दा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लामा आज १ जना कोरोना संक्रमितको ज्यान गएको छ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ३३, खैरहनि २ , माडि ६ ,रत्ननगरका ४ र कालिकाका १ जनामा संक्रमण भएको हो।

चितवनका विभिन्न अस्पतालमा १६ जनाको आइसियुमा छन। जसमध्ये १ जनाको भेन्टिलेटर र १६ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ६५५ जना रहेका छन।

चितवनमा कुल मृतकको संख्या ४०९ पुगेको छ । जिल्लामा आज ६५ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : असोज १, २०७८, शुक्रवार ०९:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८