• कात्तिक ८, २०८३, आइतवार Sunday, 25 October, 2026

चितवनका ३४ जनामा संक्रमण, ३ को मृत्यु

  • खबरदाता

चितवनका ३४ जनामा संक्रमण, ३ को मृत्यु

 

परिक्षण मध्ये ११.४४ प्रतिशतमा संक्रमण

भदौ २६ ,२०७८

चितवन । आज चितवनमा २८४ जनाको पिसिआर परिक्षण गर्दा २९ र १३ को एन्टिजेन परिक्षण गर्दा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लामा आज ३ जना कोरोना संक्रमितको ज्यान गएको छ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा २८, खैरहनि २ , माडि १ र रत्ननगरका ३ जनामा संक्रमण भएको हो।

चितवनका विभिन्न अस्पतालमा ११ जनाको आइसियुमा छन। जसमध्ये ३ जनाको भेन्टिलेटर र १० जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ६७५ जना रहेका छन।

चितवनमा कुल मृतकको संख्या ४०५ पुगेको छ । जिल्लामा आज चितवनमा ६३ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : भदौ २६, २०७८, शनिवार १०:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८