परिक्षण मध्ये ९.३१ प्रतिशतमा संक्रमण
भदौ १७ ,२०७८
चितवन । आज चितवनमा ६५१ जनाको पिसिआर परिक्षण गर्दा ५४ र १११ को एन्टिजेन परिक्षण गर्दा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लामा आज ५ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ५२, खैरहनि १ , माडि ७ ,रत्ननगर ७, राप्ती १ कालिका १ र इच्छाकामनाका १ जनामा संक्रमण भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ३४ जनाको आइसियुमा छन । जसमध्ये ७ जनाको भेन्टिलेटर र २४ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १२५४ जना रहेका छन ।
चितवनमा कुल मृतकको संख्या ३९९ पुगेको छ । जिल्लामा आज चितवनमा १०८ जना संक्रमीत निको भएका छन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८