परिक्षण मध्ये ७.१९ प्रतिशतमा संक्रमण
भदौ १४ ,२०७८
चितवन । आज चितवनमा ३६३ जनाको पिसिआर परिक्षण गर्दा २७ र ५४ को एन्टिजेन परिक्षण गर्दा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लामा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा २३, खैरहनि १ , रत्ननगर ४ र राप्तीका २ जनामा संक्रमण भएको हो।
चितवनका विभिन्न अस्पतालमा ३२ जनाको आइसियुमा छन। जसमध्ये १२ जनाको भेन्टिलेटर र २८ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १४२० जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका १ र मकवानपुरका१ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३९३ पुगेको छ । आज चितवनमा ११० जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८