भदौ १४,२०७८
भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा प्रा.डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन।
आइतबार नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डा. पौडेललाई अस्पतालको उक्त पदमा नियुक्त गरेका हुन् ।
यसअघिनै अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भैसकेका प्रा.डा. पौडेल हाडजोर्नी विशेषज्ञ हुन। उनी लामो समय देखि सोहि अस्पतालमा कार्यरत छन् । यस अधि अस्पतालको मेसुमा रहेका डा। रोशन न्यौपानेलाई भने रामराजप्रसाद सिंह अस्पतालमा सरुवा गरिएको छ ।
भरतपुर अस्पताल केन्द्रीय अस्पताल हो । सरकारले सबै केन्द्रीय अस्पतालमा निर्देशकको नेतृत्व रहने व्यवस्था गरे पनि कानूनमा संशोधन भइ नसकेकोले अहिले पनि प्रशासनिक नेतृत्व मेडिकल सुपरिटेन्डेन्टले नै गर्दै आएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८