• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

चितवनमा सक्रिय संक्रमीत १ हजार ५९१ जना

  • खबरदाता

चितवनमा सक्रिय संक्रमीत १ हजार ५९१ जना

परिक्षण मध्ये १० . ७७प्रतिशतमा संक्रमण

भदौ १३ ,२०७८

चितवन । आज चितवनमा २२९ जनाको पिसिआर परिक्षण गर्दा २३ र ३ को एन्टिजेन परिक्षण गर्दा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लामा थप ३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १९ , रत्ननगर ५ र कालिका १ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ४२ जनाको आइसियुमा छन। जसमध्ये १२ जनाको भेन्टिलेटर र २० जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १५९१ जना रहेका छन।

मृत्यु भएका मध्ये चितवनका १ रुपन्देही १ र काभ्रेका १ जना रहेका छन।

यो संगै चितवनमा कुल मृतकको संख्या ३९२ पुगेको छ । आज चितवनमा ६७ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : भदौ १३, २०७८, आइतवार ११:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८