परिक्षण मध्ये ११.७७ प्रतिशतमा संक्रमण
भदौ १२ ,२०७८
चितवन । आज चितवनमा ५२९ जनाको पिसिआर परिक्षण गर्दा ५९ र ४० को एन्टिजेन परिक्षण गर्दा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लामा थप ४ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ५० , माडि २, रत्ननगर १० , राप्ती २ , कालिका २ र इच्छाकामनाका १ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ५० जनाको आइसियुमा छन। जसमध्ये १६ जनाको भेन्टिलेटर र २७ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १६३६ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका ३ मध्ये १ जनाको होम आइसोलेसनमा र मकवानपुरका १ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३९१ पुगेको छ । आज चितवनमा १४० जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८