परिक्षण मध्ये १३.०५ प्रतिशतमा संक्रमण
भदौ ९ ,२०७८
चितवन । आज चितवनमा ८७१ जनाको पिसिआर परिक्षण गर्दा १०६ र १२५ को एन्टिजेन परिक्षण गर्दा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लामा थप ५ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ९१ , खैरहनि ९ माडि ८ , रत्ननगर १५ , राप्ती ६ र इच्छाकामनाका १ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ५७ जनाको आइसियुमा छन। जसमध्ये १६ जनाको भेन्टिलेटर र २३ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १८४४ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका ४ र नवलपुरका १ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३८६ पुगेको छ । आज चितवनमा १६८ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८