परिक्षण मध्ये ११.२७ प्रतिशतमा संक्रमण
भदौ ८ ,२०७८
चितवन । आज चितवनमा ५३३ जनाको पिसिआर परिक्षण गर्दा ५७ र ८ को एन्टिजेन परिक्षण गर्दा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लामा थप १ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ४९ , खैरहनि ३, रत्ननगर ६ , राप्ती १ र कालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ६१ जनाको आइसियुमा छन। जसमध्ये १६ जनाको भेन्टिलेटर र २३ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १८७६ जना रहेका छन।
मृत्यु भएका मध्ये नवलपरासीका १ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३८२ पुगेको छ । आज चितवनमा २३७ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८