• कात्तिक १०, २०८३, मंगलवार Tuesday, 27 October, 2026

चितवनका ९६३ को परिक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुस्टि

  • खबरदाता

चितवनका ९६३ को परिक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुस्टि

परिक्षण मध्ये १७.७५ प्रतिशतमा संक्रमण

साउन २७,२०७८

चितवन । आज चितवनमा ८१३ जनाको पिसिआर परिक्षण गर्दा १३८ र १५० को एन्टिजेन परिक्षण गर्दा ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १३० , खैरहनि ८, माडि १२, रत्ननगर ८,राप्ती ८, कालिकामा ३ र इच्छाकामनाका २ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा १०५ जनाको आइसियुमा छन। जसमध्ये ४१ जनाको भेन्टिलेटर र ४७ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २४०७ जना रहेका छन।

मृत्यु भएका मध्ये चितवनका २ र नवलपुरका १ जना रहेका छन।

यो संगै चितवनमा कुल मृतकको संख्या ३५६ पुगेको छ । आज चितवनमा १८१ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : साउन २७, २०७८, बुधवार १०:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८