• कात्तिक १०, २०८३, मंगलवार Tuesday, 27 October, 2026

अर्को चक्रवातको विकास हुने संकेत,‘अर्नब’ बाट नेपालमा जोखिम कम होला ?

  • खबरदाता

अर्को चक्रवातको विकास हुने संकेत,‘अर्नब’ बाट नेपालमा जोखिम कम होला ?

काठमाडौं । पछिल्लो २४ घण्टामा ग्लोबल फोरकास्ट सिस्टम (जीएफएस)को पूर्वानुमानमा ठूलो परिवर्तन आएको छ ।

पछिल्लो पूर्वानुमानले अर्को चक्रवात विकास हुने संकेत देखाएको छ । तर, चक्रवात ‘अर्नब’बाट नेपालमा पर्ने जोखिम निकै घटाएको मौसमविद् विनोद पोखरेल बताउँछन् ।

यद्यपि, अन्य मौसम मोडेलहरूले भने तत्काल अर्को चक्रवात बन्ने स्पष्ट संकेत दिएका छैनन् ।

यसले अब मुख्यतः दुईवटा सम्भावना हेर्नुपर्ने भएको मौसमविदु पोखरेल बताउँछन् । “अर्को चक्रवात विकास भयो भने त्यसले अर्नबलाई कमजोर बनाउन सक्छ,” उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “यस्तो अवस्थामा नेपालमा भारी वर्षाको सम्भावना घट्नेछ, यद्यपि सोमबारसम्म हल्का वर्षा हुन सक्छ ।”

अर्को चक्रवात बनेन वा ढिलो गरी विकास भयो भने बिहीबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना कायमै रहने उनको भनाइ छ । अहिले अधिकांश अन्य मोडेलहरूले यही अवस्था देखाइरहेका उनले प्रस्ट पारेका छन् ।

“त्यसैले यो मौसमी प्रणालीको विकास र प्रभावबारे पूर्वानुमान गर्न निकै चुनौतीपूर्ण देखिएको छ,” पोखरेल भन्छन् ।

 

  • प्रकाशित मिति : कात्तिक १०, २०८३, मंगलवार ०६:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८