• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

चितवनमा एकैदिन २२३ जनामा कोरोना संक्रमण

  • खबरदाता

चितवनमा एकैदिन २२३ जनामा कोरोना संक्रमण

 

परिक्षण मध्ये २४.७२ प्रतिशतमा संक्रमण

साउन २२,२०७८

चितवन । आज चितवनमा ६९३ जनाको पिसिआर परिक्षण गर्दा १४७ र २०९ को एन्टिजेन परिक्षण गर्दा ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालमा थप ५ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १५० , खैरहनिमा १५, माडि २६, रत्ननगर १२,राप्तीमा ७, कालिकामा ९ र इच्छाकामनाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ८९ जनाको आइसियुमा छन। जसमध्ये ३२ जनाको भेन्टिलेटर र ५५ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २३३२ जना रहेका छन।

मृत्यु भएका मध्ये चितवनका ३ र नवलपरासीका २ जना रहेका छन।

यो संगै चितवनमा कुल मृतकको संख्या ३४४ पुगेको छ । आज चितवनमा १३८ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : साउन २२, २०७८, शुक्रवार ०९:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८