• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

‘नो एमसिसि’ भन्दै चितवनमा प्रदर्शन

  • खबरदाता

‘नो एमसिसि’ भन्दै चितवनमा प्रदर्शन

 

साउन १८,२०७८

मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता खारेजको माग गर्दै चितवनमा विरोध प्रर्दशन भएको छ ।

सोमबार भरतपुरको चौविसकोठीमा संयुक्त संघर्ष समिति चितवनले एमसीसी सम्झौता खारेज गर भन्दै विरोध प्रर्दशन गरेका हुन् ।

उनीहरुले एमसीसी देशका लागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने प्रयास भएको बताएका छन।

प्रदर्शनमा एमसीसी सम्झौता किन राष्ट्रघाती भन्दै विभिन्न कारणहरु भन्दै विभिन्न अभियान्तहरुले मन्तव्य राखेका थिए । अमेरिकी सैन्य केन्द्रीय मुकाम पेन्टागनको योजना अनुसार अनुसार नेपालमा जे पनि गर्न सक्ने भएकाले, नेपालमा उत्पादन गरिएको बिजुली अन्य देशमा बेच्ने भएकाले र अमेरिकी सरकारले चाहेमा जुनसुकै बेला पनि यो सम्झौता रद्द गर्न सक्ने लगायतका कारणहरु बारे उनीहरुले मन्तव्य दिएका थिए ।

यो नेपालको संविधान भन्दा माथी रहेको ,नेपालको परराष्ट्र नीति बिपरित रहेको र यो प्रोजेक्टमा काम गर्नेले जस्तो सुकै अपराध गरे पनि कानुन नलाग्ने भन्दै उनिहरुले सबैलाई बुझाउने प्रयास गरेका थिए।

त्यस्तै ‘नो एमसीसी’ लेखिएका पम्पप्लेटहरु लिएर प्रदर्शनकारीहरु सडकमा बसेका थिए ।

गेस्ट हाउस चौर र क्याम्पस गेटबाट सुरु गरिएको विरोध प्रदर्शन भरतपुरको चौविसकोठीमा आएर कोण सभामा परिणत भएको थियो।

  • प्रकाशित मिति : साउन १८, २०७८, सोमवार १०:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८