परिक्षण मध्ये १८. ६२ प्रतिशतमा पोजेटिभ
साउन १३,२०७८
चितवन । आज चितवनमा ७८९ जनाको पिसिआर परिक्षण गर्दा १२४ र १७२ को एन्टिजेन परिक्षण गर्दा ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप ५ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १२५ , खैरहनिमा १५, रत्ननगरमा १२ ,राप्तीमा १४ र कालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ६१ जनाको आइसियुमा , जसमध्ये ८ जनाको भेन्टिलेटर र ४६ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २०१६ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका ४ र नवलपरासीका १ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३२५ पुगेको छ । आज चितवनमा ४१ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८