परिक्षण मध्ये १४.८६ प्रतिशतमा पोजेटिभ
साउन ९,२०७८
चितवन । आज चितवनमा ८९९ जनाको पिसिआर परिक्षण गर्दा १२५ र ६३ को एन्टिजेन परिक्षण गर्दा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ९६ , खैरहनिमा १४,माडिमा ८, रत्ननगरमा १४,राप्तीमा ६ र कालिकाका ५ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ६५ जनाको आइसियुमा , जसमध्ये १३ जनाको भेन्टिलेटर र ५१ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १९६२ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका २ र नवलपरासीका १ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३२० पुगेको छ । आज चितवनमा ४१ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८