आज १७.२० प्रतिशतमा संक्रमण।
साउन ८ ,२०७८
चितवन । आज एकै दिनमा १६६७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ३९ हजार ३६८ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप २९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ७ लाख ३० हजार १४६ पुगेको छ ।
देश भर १३६९८ को पिसिआर परिक्षण गर्दा १९८२ र ३६१९ जनाको एन्टिजेन परिक्षण गर्दा ९९५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका २५५ जना रहेका छन् ।
आज थप १८ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९६७९ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८