परिक्षण मध्ये २०.२३ प्रतिशतमा पोजेटिभ
साउन ८ ,२०७८
चितवन । आज चितवनमा १०४१ जनाको पिसिआर परिक्षण गर्दा १८१ र २१९ को एन्टिजेन परिक्षण गर्दा ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १५५ , खैरहनिमा २७,माडिमा २२, रत्ननगरमा १६,राप्तीमा २० , कालिकामा ११ र इच्छाकामनाका ४ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ६८ जनाको आइसियुमा , जसमध्ये १२ जनाको भेन्टिलेटर र ५२ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १८६२ जना रहेका छन।
चितवनमा कुल मृतकको संख्या ३१८ पुगेको छ । आज चितवनमा १०७ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८