• कात्तिक १०, २०८३, मंगलवार Tuesday, 27 October, 2026

चितवनमा ८०० परिक्षण, १६१ मा संक्रमण

  • खबरदाता

चितवनमा ८०० परिक्षण, १६१ मा संक्रमण

परिक्षण मध्ये २०.१२ प्रतिशतमा पोजेटिभ

साउन ४ ,२०७८

चितवन । आज चितवनमा ८०० जनाको पिसिआर परिक्षण गर्दा ११४ र १३९ को एन्टिजेन परिक्षण गर्दा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ९५ , खैरहनिमा २८,माडिमा ८, रत्ननगरमा ८,राप्तीमा ११ , कालिकामा १० र इच्छाकामनाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ६१ जनाको आइसियुमा , जसमध्ये १३ जनाको भेन्टिलेटर र ४१ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १५८२ जना रहेका छन।

मृत्यु भएका मध्ये चितवनका २ र नवलपरासीका १ जना रहेका छन।

यो संगै चितवनमा कुल मृतकको संख्या ३१० पुगेको छ । आज चितवनमा १०८ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : साउन ४, २०७८, सोमवार ०९:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८