परिक्षण मध्ये २४.२४ प्रतिशतमा पोजेटिभ
साउन २ ,२०७८
चितवन । आज चितवनमा ३९५ जनाको पिसिआर परिक्षण गर्दा ८६ र ३८ को एन्टिजेन परिक्षण गर्दा १९ जना गरि थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप ६ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ८५ , खैरहनिमा ६ , माडि ५, रत्ननगरमा ३,राप्ती ३ , कालिकामा २ र इच्छाकामनाका १ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ६२ जनाको आइसियुमा , जसमध्ये १४ जनाको भेन्टिलेटर र ३० जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १६९१ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका २ र नवलपरासीका ३ र गोरखाका १ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३०७ पुगेको छ । आज चितवनमा ७६ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८