• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

चितवनमा आज ११९ संक्रमीत, ९ को मृत्यु

  • खबरदाता

चितवनमा आज ११९ संक्रमीत, ९ को मृत्यु

परिक्षण मध्ये १५.९० प्रतिशतमा पोजेटिभ

असार -३१ ,२०७८

चितवन । आज चितवनमा ६४९ जनाको पिसिआर परिक्षण गर्दा ८९ र ९९ को एन्टिजेन परिक्षण गर्दा ३९ जना गरि थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालमा थप ९ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ७७ , खैरहनिमा ६ , माडि ११, रत्ननगरमा ११, कालिका ५ र इच्छाकामनामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ६६ जनाको आइसियुमा , जसमध्ये १९ जनाको भेन्टिलेटर र ३८ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १५५३ जना रहेका छन।

मृत्यु भएका मध्ये चितवनका ६, नवलपरासी २ र दाङका १ जना रहेका छन।

यो संगै चितवनमा कुल मृतकको संख्या ३०३ पुगेको छ । आज चितवनमा ७३ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : असार ३१, २०७८, बिहीवार ०९:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८