सोमबार गरिएका परिक्षण मध्ये ३०.९८ प्रतिशतमा संक्रमण।
असार -२८ ,२०७८
चितवन । आज चितवनमा ५६८ जनाको पिसिआर परिक्षण गर्दा १३९ र ११३ को एन्टिजेन परिक्षण गर्दा ७२ जना गरि थप २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १२८ , खैरहनि १८ , माडि २३, रत्ननगरमा १२ ,राप्तीमा २०, कालिकमा १० र इच्छाकामनामा १ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ८२ जनाको आइसियुमा , जसमध्ये १८ जनाको भेन्टिलेटर र २७ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १४४० जना रहेका छन।
मृत्यु भएका मध्ये नवलपरासीका १, मकवानपुर १ र लमजुङका १ जना रहेका छन।
यो सगै चितवनमा कुल मृतकको संख्या २९४ पुगेको छ । आज चितवनमा १२८ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८