• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

भरतपुरका दुई जनामा कोरोनाको डेल्टा भेरियन्ट

  • खबरदाता

भरतपुरका दुई जनामा कोरोनाको डेल्टा भेरियन्ट

असार २८,२०७८

चितवनको भरतपुरमा पनि कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड ( १९ प्रयोगशालामा पिसिआर परिक्षण गर्दा कोभिड पोजेटिभ देखिएका पाँच वटा नमुनाहरुलाई केन्द्रिय प्रयोगशाला काठमाडौं पठाइएकोमा ती मध्ये २ नमुना अन्तरास्ट्रिय प्रयोगशालामा पठाइएको थियो।

प्रयोगशाला पठाइएका दुई वटै नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

डेल्टा भेरियन्ट बालबालिका देखि बृद्धबृदा सबै उमेर समुहका ब्यक्तिहरुमा संक्रमण हुने र त्यसले फोक्सोमा बढि असर गर्ने बिज्ञहरुले बताएका छन। साथै सबै नागरिकलाई स्वास्थ्य मापदण्ड पूरा गर्न र सतर्क रहन अनुरोध गरिएको छ ।

  • प्रकाशित मिति : असार २८, २०७८, सोमवार ०७:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८