• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

चितवनमा ४२ थपिँदा १३१ जना निको भए

  • खबरदाता

चितवनमा ४२ थपिँदा १३१ जना निको भए

आज गरिएका परिक्षण मध्ये १२.२८ प्रतिशतमा संक्रमण ।

असार – २७ ,२०७८

चितवन । आज चितवनमा ३३३ जनाको पिसिआर परिक्षण गर्दा ४० र ९ को एन्टिजेन परिक्षण गर्दा ३ जना गरि थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ३२ , माडि १, रत्ननगरमा ४ ,राप्तीमा २, कालिकमा १ र इच्छाकामनामा २ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ७५ जनाको आइसियुमा , जसमध्ये १२ जनाको भेन्टिलेटर र ४१ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १३५७ जना रहेका छन।

मृत्यु भएका मध्ये चितवनका १ र नवलपरासीका १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २९४ पुगेको छ । आज चितवनमा १३१ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : असार २७, २०७८, आइतवार ११:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८