आज गरिएका परिक्षण मध्ये २३.३६ प्रतिशतमा संक्रमण ।
असार -२६ ,२०७८
चितवन । आज चितवनमा ४१३ जनाको पिसिआर परिक्षण गर्दा ८८ र ६२ को एन्टिजेन परिक्षण गर्दा २३ जना गरि थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ८३, खैरहनिमा ६ , माडि ५, रत्ननगरमा ६ ,राप्तीमा २, कालिकमा ८ र इच्छाकामनामा १ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ६५ जनाको आइसियुमा , जसमध्ये १४ जनाको भेन्टिलेटर र ४९ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १४५० जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका २ जनानै चितवनका रहेका छन।
यो सगै चितवनमा कुल मृतकको संख्या २९३ पुगेको छ । आज चितवनमा ३७ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८