• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026

सुजिता मृत्यु प्रकरण : काठमाडौंमा ब्यानर छापि चितवनमा भएको आन्दोलनले अनुसन्धानमा समस्या

  • खबरदाता

सुजिता मृत्यु प्रकरण : काठमाडौंमा ब्यानर छापि चितवनमा भएको आन्दोलनले अनुसन्धानमा समस्या

असार २४,२०७८

सुजिता भण्डारीको मृत्युको विषयमा अनुसन्धान गरिरहेको चितवन प्रहरीले काठमाडौबाट आएका विभिन्न संघ संस्थाले गर्दा अनुसन्धानमा समस्या आएको बताएको छ ।

चितवन प्रहरीका प्रमुख ओम प्रसाद अधिकारीले अनुसन्धान चलीरहदा विभिन्न समुहको दवाबका कारण सोचे जस्तो गरि र चाँडौ परिणाम निकाल्न नसकिएको बताएका छन।

घट्ना अनुसन्धानको कुरालाई लिएर सडक आन्दोलन भएको छ , पीडित परिवालाई भेटेर सहज तरिकाले अनुसन्धान गर्ने बाताबरण बनेको छैन , हामीलाई सूचना दिएर सहयोग गर्नुपर्ने समाज यतिबबेला अनुसन्धानमा लागेको प्रहरी विरुद्ध लागेको छ। जसले गर्दा अनुसन्धानमै बाधा परिरहेको छ।’अधिकारिले भने।

उनले प्रहरीललाइ गहिरो अनुसन्धान गर्नबाट बन्चित गरिफै आएको बताए । हामीले त तथ्यमा आधारित भएर अनुसन्धानको निष्कर्ष निकाल्नु पर्छ तर यहाँ त प्रक्रियामा जानै पाइएको छैन उनले भने।

‘दुःखको साथ भन्नुपर्छ हामी प्रक्रियामा जानै नपाएको अवस्था हो। फेरि पनि न्यायको कुरा उठिरहेको छ,’ उनले भने, ‘भनाइ र गराइमा तालमेल मिलेको छैन।’

उनले प्रहरीले पीडित परिवारलाई जसरी भेटन पाउनुपर्दथ्यो त्यो नपाइएको बताए।

प्रहरीलाई मृतकको परिवारसम्म पुग्न जिल्ला बाहिरका मान्छेहरू आएर अवरोध गरिरहेको उनले बताए।

ती मान्छे को हुन् भन्ने नखुलाइ उनले भने, ‘काठमाडौंमा फ्लेक्स प्रिन्ट गरेर पोको पारेर, यहाँ बास बसी समूह तयार पारेर अनुसन्धानमा अवरोध गरिएको छ।’

एसपी अधिकारीले भने , म अनुसन्धानमा खटिनु पर्ने प्रहरी दुई दिन देखि सडकमा कर्फ्यू व्यवस्थापनमा लागेको छु। अनि मैले तपाईंहरुले चाहेको उत्तर कसरी दिन सक्छु र१

उनले मृतकका परिवार प्रहरीलाई सहयोग तयार रहे पनि अन्यले माहोल भड्काउने काम गरेको बताए।

‘हामीले सुजितालाई बचाउन त सकेनौं तै पनि अनुसन्धानमा परिवारका सदस्य सन्तुष्ट छन्, बाहिर कसले के गरिरहेको छ उनीहरूलाई राम्ररी थाहासमेत छैन’ उनले भने, ‘तर प्रहरी र परिवारका बीचमा राम्ररी कुरा हुने माहोल अझै बनेको छैन। आज पनि हामी जाँदैछौं।’

पत्रकार सम्मेलनमा एसपी अधिकारीले असार ११ गते सुजिता र परिवारका सदस्यबीच मोबाइलमा पटक–पटक कुराकानी भएको पाइएको बताए।

सुजिताले मोबाइलमा ‘डाटा प्याक’ समेत लिएको अनुसन्धानमा भेटिएको छ।

जिल्ला प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको र पोस्टमार्टमको भिसेरा रिपोर्ट आएपछि थप कुरा आउने उनले बताए। पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा सुजिताको हत्या भएको देखिएको थिए

  • प्रकाशित मिति : असार २४, २०७८, बिहीवार ०८:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८