• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनमा ६४३ परिक्षण, १३५ संक्रमीत

  • खबरदाता

चितवनमा ६४३ परिक्षण, १३५ संक्रमीत

 

आज गरिएका परिक्षण मध्ये २०.९९ प्रतिशतमा संक्रमण ।

असार -२३ ,२०७८

चितवन । आज चितवनमा ५३० जनाको पिसिआर परिक्षण गर्दा ८२ र ११३ को एन्टिजेन परिक्षण गर्दा ५३ जना गरि थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ७०, खैरहनिमा १९ , माडि २०, रत्ननगरमा १० ,राप्तीमा १०, कालिकमा ४ र इच्छाकामनामा २ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ७६ जनाको आइसियुमा , जसमध्ये १७ जनाको भेन्टिलेटर र ४४ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १३०१ जना रहेका छन।

मृत्यु भएका मध्ये चितवनका १ र पाल्पाका १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २८८ पुगेको छ । आज चितवनमा १०४ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : असार २३, २०७८, बुधवार ०९:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८