• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनमा संक्रमण दर स्थिर, आज ११७ संक्रमीत

  • खबरदाता

चितवनमा संक्रमण दर स्थिर, आज ११७ संक्रमीत

 

आज गरिएका परिक्षण मध्ये १८.६९ प्रतिशतमा संक्रमण ।

असार -२२ ,२०७८

चितवन । आज चितवनमा ५५९ जनाको पिसिआर परिक्षण गर्दा ९८ र ६७ को एन्टिजेन परिक्षण गर्दा १९ जना गरि थप ११७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ९२, खैरहनिमा २, माडि ६, रत्ननगरमा ७ ,राप्तीमा ४, र कालिकमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ६६ जनाको आइसियुमा , जसमध्ये १७ जनाको भेन्टिलेटर र ४३ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १२७२ जना रहेका छन।

मृत्यु भएका मध्ये नवलपुरका २ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २८७ पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप १४ डिस्चार्ज भएका छन।

  • प्रकाशित मिति : असार २२, २०७८, मंगलवार ०९:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८