• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनमा १६५ जनामा संक्रमण ४ को मृत्यु

  • खबरदाता

चितवनमा १६५ जनामा संक्रमण ४ को मृत्यु

 

आज गरिएका परिक्षण मध्ये १९ प्रतिशतमा संक्रमण ।

असार -२१ ,२०७८

चितवन । आज चितवनमा ६७५ जनाको पिसिआर परिक्षण गर्दा १०७ र १६३ को एन्टिजेन परिक्षण गर्दा ५८ जना गरि थप १६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालमा थप ४ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १०१, खैरहनिमा १५, माडि ८, रत्ननगरमा २४ ,राप्तीमा १५, र कालिकमा २ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ६८ जनाको आइसियुमा , जसमध्ये १७ जनाको भेन्टिलेटर र ३८ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १२५५ जना रहेका छन।

मृत्यु भएका मध्ये नवलपुरका २,लमजुङ १ र मकवानपुरका १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २८७ पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप २४ डिस्चार्ज भएका छन।

  • प्रकाशित मिति : असार २१, २०७८, सोमवार ०८:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८