• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

परिक्षण घट्यो, संक्रमण दर घटेन

  • खबरदाता

परिक्षण घट्यो, संक्रमण दर घटेन

आज २१.६९ प्रतिशतमा संक्रमण।

असार १८ ,२०७८

चितवन । आज एकै दिनमा ३४५१ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ३ हजार ६०० रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २२९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ७८ हजार ८०८ पुगेको छ ।

देश भर ६५६६ को पिसिआर परिक्षण गर्दा १३९१ र ४०३० जनाको एन्टिजेन परिक्षण गर्दा ९०८ जना गरि कुल २२९९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ७६ जना रहेका छन् ।

आज थप ३४ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९१७९ पुगेको छ ।

  • प्रकाशित मिति : असार १८, २०७८, शुक्रवार ११:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८