• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

कोरोनाबाट ६ लाख बढी संक्रमीत निको भए

  • खबरदाता

कोरोनाबाट ६ लाख बढी संक्रमीत निको भए

आज २५.१२ प्रतिशतमा संक्रमण।

असार १७ ,२०७८

चितवन । आज एकै दिनमा ४०१७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १४९ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ७७ हजार ५०९ पुगेको छ ।

देश भर ७१३० को पिसिआर परिक्षण गर्दा १८५७ र ३८५५ जनाको एन्टिजेन परिक्षण गर्दा ९०३ जना गरि कुल २७६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ८५ जना रहेका छन् ।

आज थप ३३ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९१४५ पुगेको छ ।

  • प्रकाशित मिति : असार १७, २०७८, बिहीवार ११:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८