चितवनमा ५९३ परिक्षण गर्दा ८५ मा संक्रमण

  • खबरदाता
  • असार १७, २०७८

आज गरिएका परिक्षण मध्ये १४.३३ प्रतिशतमा संक्रमण ।

असार – १७ ,२०७८

चितवन । आज चितवनमा ५०६ जनाको पिसिआर परिक्षण गर्दा ५९ र ८७ को एन्टिजेन परिक्षण गर्दा २६ जना गरि थप ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ५३ खैरहनिमा ४, माडिमा १२, रत्ननगरमा १० ,राप्तीमा ३ , कालिकमा २ र इच्छाकामनामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ८२ जनाको आइसियुमा , जसमध्ये १३ जनाको भेन्टिलेटर र ३२ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १२३० जना रहेका छन।

सोमबार मृत्यु भएका मध्ये चितवनका १,गोरखा १ र मकवानपुरका १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २८३ पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप ३५ डिस्चार्ज भएका छन।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८