• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनमा थप १३४ मा संक्रमण , ४ को मृत्यु

  • खबरदाता

चितवनमा थप १३४ मा संक्रमण , ४ को मृत्यु

आज गरिएका परिक्षण मध्ये १७. २२ प्रतिशतमा संक्रमण ।

असार -१४ ,२०७८

चितवन । आज चितवनमा ६४२ जनाको पिसिआर परिक्षण गर्दा ९३ र १३६ को एन्टिजेन परिक्षण गर्दा ४१ जना गरि थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालमा थप ४ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ७३ खैरहनिमा १७, माडिमा १६, रत्ननगरमा १५ ,राप्तीमा ५ , कालिकमा ७ र इच्छाकामनामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ९४ जनाको आइसियुमा , जसमध्ये १९ जनाको भेन्टिलेटर र २८ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १०८७ जना रहेका छन।

सोमबार मृत्यु भएका मध्ये चितवनका २,लमजुङका १ र नवलपरासीका १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २८१ पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप २८ डिस्चार्ज भएका छन।

  • प्रकाशित मिति : असार १४, २०७८, सोमवार १०:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८