• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024

अस्ट्रिया र नेदरल्यान्डको जित

  • खबरदाता

अस्ट्रिया र नेदरल्यान्डको जित

जेष्ठ ३२,२०७८

युरोकप फुटबलको समूह सिको खेलमा अस्ट्रिया र नेदरल्यान्डले जित हात पारेका छन् ।

आइतबार राती भएको खेलमा नेदरल्यान्डले यक्रुेनलाई ३–२ ले हरायो भने त्यसै दिन भएको खेलमा अस्ट्रिया नर्थ मेसोडेनियामाथिको खेलमा ३–१ को जित हात पार्न सफल भयो । अस्ट्रियालाई जित दिलाउने क्रममा वैकल्पिक खेलाडी मार्को अर्नाउटोभीक र मिखायल ग्रेगोरीट्सेकले गोल गरे ।

अन्तिम समयमा अर्नाउटोभीकले गोल गर्नु अघि ७८औ मिनेटमा मिखायलले अस्ट्रियाले गोल गरेका थिए । ३७ वर्षीय भेट्रान गोरान पान्डेभले गोल गरे पछि वरियताको पुछारमा मेसोडेनियाले अङ्क जोड्ने सम्भावना देखिएको थियो । १८ औं मिनेटमा लेइनरको गोलमा इस्टोनेसियाले अग्रता लिएको थियो भने त्यसको १० मिनेट पछि पान्डेभले गोल गरेका हुन् ।

अर्को खेलमा नेदरल्यान्ड नाटकीय जित जित हित विजयी सुरुवात गर्न सफल भयो । गोल रअित पहिलो हाफ सकिएको खेलमा दोस्रो हाफमा गोलको वर्षा भएको थियो । आर्मस्ड्रममा भएको खेलमा ५२ औ मिनेटमा जर्जीनहो विजान्डेलुम तथा ५८ औ मिनेटमा वेट जेगरोस्टको गोलमा नेदरल्यान्ड २–० ले अघि रहेको थियो ।

युक्रेन आन्द्रेइ सयार्मालेन्को २५ यार्ड टाढा बाट गरेको सानदार गोल तथा रोमन यार्मेचुकको हेड गोलमा खेलमा फर्किएको थियो । बराबरी उन्मुख खेलको ८५ औ मिनेटमा वैकल्पिक खेलाडी नाथन एक्सरेको त्रलमा डुम फ्राइजले आकर्षक हेड गोल गर्दै डच टोलीलाई जित दिलाए ।

  • प्रकाशित मिति : जेठ ३०, २०७८, आइतवार २३:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८