बारबोरालाई पहिलो ग्रान्डस्लाम उपाधि

  • खबरदाता
  • जेठ ३०, २०७८

जेष्ठ ३०,२०७८

फ्रेन्च ओपन टेनिसको महिला तर्फको उपाधि विना वरियताकी चेक गणतन्त्रकी बारबोरा क्रेज्सीकोभाले जितेकी छिन् ।

उनको यो खेल जीवनको पहिलो ग्रान्डस्लाम उपाधि हो । शनिवार राती पेरिसको रोनाल्ड ग्यारोस टेनिस कोर्टमा भएको फाइनलमा ३१ औ वरियताकी रुसी खेलाडी अनास्टासिया पाब्लचेन्कोभालाई ६–१,२–६,६–४ ले पराजित गरिन् ।

युगल तर्फकी पूर्व विश्व बयिताकी शीर्ष खेलाडी क्रेज्सीकोभाको यो ग्रान्ड स्लाम टेनिसको एकल स्पर्धामा पाँचौँ सहभागिता हो ।

आइतबार केटरीना सनिाइकोभासंग मिलेर युगल तर्फको फाइनल खेल्ने छिन् । सो खेलमा जित हात पारे उनी सन् २००० मा फ्रान्सकी मेरी पियर्स पछि रोनाल्ड ग्यारोसमा एकल र युगल तर्फकै उपाधि जित्ने पहिलो खेलाडी हुने छिन् ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८