जेष्ठ ३०,२०७८
मैदानमै घाइते भएर अस्पताल लगिएका डेनमार्कका क्रिस्चीयन इरिक्सनको स्वास्थ्य अवस्था स्थिर रहेको छ । कोपनहेगनमा जारी खेल इरिक्सन घाइते भए पछि आधा घण्टा स्थगित भएको थियो । पहिलो हाफको पाँच मिनेट बाँकी रहँदा स्थगित सो खेल इरिक्सन होसमा आएको खबर पाए पछि फेरी सुरु भएको थियो ।
दुवै टोलीका खेलाडीले खेल सुचारु गर्न तयार भए पछि खेल भएको हो । सो खलमा फिनल्यान्डले १ –० को जित हात पारेको छ । युइएफए अध्यक्ष अलेक्जेन्डर सेफरिनले इरिक्सनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
इन्टर मिलानकै इरिक्सनका साथी बेल्जियमका रोबर्टो लुकाकुले समूह बिको दोस्रो खेलमा रुस विरुद्ध गोल गरे पछि टिभी क्यामरामा हेरेर कृश आइ लभ यु भनेर सम्बोधन गरेका थिए ।

यो दुर्घटना हुनु अघिसम्म डेनमार्क र फिनल्यान्ड बिचको खेल गोल रहित अवस्थामा थियो । अस्पतालबाट इरिक्सनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी आए पछि खेल सुचारु भएको हो। गत वर्ष इन्टरमिलानमा आबद्ध भएका इरिक्सनले आफ्नो क्लबलाई ११ वर्षमा पहिलो घरेलु उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । आयाक्सका यूथ टोलीका यी खेलाडीले टोटनहाम हस्टस्पर्सबाट ३०५ खेलमा सहभागी हुँदै ६९ गोल गरेका थिए । फिनल्यान्डलाई जित दिलाउने क्रममा फोजानपालोेले गोल गरे ।
डेनमार्कका होजबर्गले पेनाल्टी समेत गुमाए । फिनल्यान्डको कुनै पनि ठुला प्रतियोगितामा यो पहिलो जित हो । डेनमार्क भने नौ पटकको युरो कप सहभागिता मध्ये आठौँ पटक पहिलो खेलमा पराजित भएको छ । सन् १९९२ मा उपाधि जितको समयमा पनि डेनमार्क पहिलो खेलमा भने पराजित भएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८