• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

रहेनन् विवेकशील साझा पार्टीका थापा

  • खबरदाता

रहेनन् विवेकशील साझा पार्टीका थापा

जेष्ठ १८ ,२०७८

विवेकशील साझा पार्टीका पुर्ब अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ। कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका उनको उपचारका मंगलबार दिउँसो ४ बजेर २५ मिनेट जादा निधन भएको हो।

क्रममा मेडिसिटी अस्पताल ललितपुरमा मंगलबार ४ बजेर २५ मिनेटमा निधन भएको परिवारले पुष्टि गरेको हो।

कोरोना रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्य अवस्था गम्भीर भएपछि उनको मेडिसिटी अस्पताल ललितपुरको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका थापा नेपाली राजनीतिमा फरक विचारको प्रतिनिधित्व गर्ने सरल नेता मानिन्छन् ।

नेपालमा वैकल्पिक दलको खाँचो छ र त्यसलाई युवाहरुले नेतृत्व गर्नुपर्छ भन्ने सोचका साथै उनले फरक धारको नेतृत्व गरेका थिए ।

उनको नेतृत्वमा २०६९ जेठ १५ गते विवेकशील नेपाली दलको स्थापना गरिएको थियो । सो दलको तर्फबाट संविधानसभाको दोस्रो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा ४ जना सदस्यहरू उठाइएको थियो ।

  • प्रकाशित मिति : जेठ १८, २०७८, मंगलवार ११:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८